चिरख्वा हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं ! चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बिहिबार दिउँसो १ बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले  सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ४।७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ।  आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ ।