मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं ! मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति र्पाको थियो । जसमध्ये १० प्रतिशत अर्थात १ करोड ४० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले  कात्तिक २४ गतेसम्म कम्पनीको  आवेदन दिन सक्ने छन् ।