मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं ! मिड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले बिहिबार साँझ  शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८१ हजार ५ सय ७५ जनाको आवेदन परेकोमा १२ लाख ८२ हजार ८  सय १९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८२ हजार ८ सय १९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार ६२ हजार १ सय १७ जनाले मात्र शेयर पाएका छन्  । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन्  ।

कम्पनीले  भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।