मिड सोलु हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं ! सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज असोज १० गते बुधबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म  सर्वसाधारणलाई  आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न  गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।