हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड

काठमाडौं ! हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका आनुसार आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।  माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् ।  यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *