मीड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं !  मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ।लगानीकर्ताले आज असोज २ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार सोमबार (असोज १ गते) साँझ ५ः०७ बसेसम्ममा १० लाख ३० हजार ७४२ जनाले १ करोड १६ लाख ३० हजार ५२० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा १८.७२ गुणा बढी आवेदन हो।

मीड सोलुले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो। तर सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *