मिड सोलु हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं ! मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन मिति परिवर्तन भएको छ। कम्पनीले सर्वसाधारणलाई  भदौ २८ गते बिहिबारदेखि आईपीओ निष्काशन गर्ने भनेकोमा सो दिन सार्वजनिक विदा परेकोले आईपीओ बिक्री खुला हुने मिति परिवर्तन हुने भएको हो ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार अब आईपीओ भदौ २९ गते शुक्रबारदेखि निष्काशन हुने छ । र असोज २ गतेसम्म बिक्री खुला रहने छ । क्यापिटलले शुक्रबार यसबारे सूचना प्रकाशन हुने जनाएको छ  ।

कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गर्न लागेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ ।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न  गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *