माण्डु हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं ! माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो  । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ  ।  यस हिसाबमा १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन्  ।

क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ  । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्  । बाँकि आवेदक भने हातखाली भएका छन्  ।

क्यापिटलका अनुसार १ लाख ४१ हजार २ सय ९६ जनाको आवेदन सीआस्वा सदस्यहरुबाटै रद्द भएको थियो । त्यसै दोहोरो आवेदन भएको ५७८ जनाको आवेदन रद्द गरिएको हो । स्थानीयको शेयर पाएका ४९ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ ।  वैदेशिक रोजगारीको आरक्षणको शेयर पाएका १९ सय २३ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कर्मचारीको आरक्षणको शेयर पाएका ८ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कम्पनीका २३ जना प्रमोटरले पनि आईपीओमा आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *