माण्डु हाइड्रोको आईपीओ बाँडफाँड हुँदै

काठमाडौं ! माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज आइतबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले भदौ २४ गते आइतबार बिहान ९:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले भदौ १० देखि भदै १३ सम्म सर्वसाधारणलाई  १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसको छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *