भगवति हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं ! भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले भदौ ५ देखि भदौ ८ गतेसम्म शेयर निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *