सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं ! सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई  ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए  । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ  ।  योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ  ।  जसबाट ७ लाख ६८ हजार हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन्  ।  बाँकि आवेदक भने हात खाली भएका छन्  ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट https://www.nsmbl.com.np, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *