दरमखोला हाइड्रोले माग्यो आईपीओ निष्काशन अनुमति

काठमाडौं ! दरमखोला हाइड्रो इनर्जीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ ५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले बाग्लुङमा ९.६ मेगावाट क्षमताको दरमखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *