सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भदौ १५ देखि

काठमाडौं ! सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन्।शेयर निष्काशनको लागि एनआईएमबि बिक्री प्रबन्धक रहेको छ  ।
इन्स्योरेन्स कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन पर्ने गरेको देखिएको छ। यस आइपीओमा पनि माग भन्दा बढी कै आवेदन पर्ने देखिन्छ । यस हिसाबमा गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिने छ । जसबाट ९ लाख जना आवेदकले १० कित्ताको दरले कम्पनीको शेयर पाउने देखिन्छ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ  । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन्  ।  कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।  कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *