भगवती हाइड्रोको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं ! भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आज भदौ ५ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो।

कम्पनीका अनुसार यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ। यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ।

यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *