सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ! सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणलाई  ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ  ।
कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *