मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड

काठमाडौं ! मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख १६ हजार ५ सय २९ जनाको आवेदन परेकोमा १३ लाख ११ हजार ५ सय १७ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा ५ हजार १२ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका १३ लाख ११ हजार ५ सय १७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथानर्फत २ लाख २७ हजार ६ सय ६२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरेको थियो ।

मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *