विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं ! नेपाल विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। वार्षिकोत्सवको अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी कुलमान घिसिङले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी भईरहेको बताएका हुन्।

उनका अनुसार प्राधिकरणको तेस्रो आर्थिक पुनर्संरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ । सो को स्वीकृति पश्चात प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न सक्ने उनले बताएका हुन् ।

इक्रा रेटिंग एजेन्सीले प्राधिकरणको  आर्थिक  अवस्थाको  मूल्याङ्कन  गरी  डबल  ए  प्लस रेटिङ प्रदान गरिसकेको छ  । प्राधिकरणको वास्तविक सम्पति मुल्यांक कार्य सम्पन्न गरिएको र प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको आईपीओ जारी गर्ने प्रक्रिया अगडी बढेको प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *