सरकारले संशोधन नियमावली स्वीकृत गरेसँगै आईपीओ निष्काशनमा नयाँ नियम

काठमाडौं ! सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको हो  ।

नेपाल धितोपत्र  बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो । बोर्ड अध्यक्ष रमेश हमालले मङ्गलबारको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको जानकारी आएको बताए  ।

नियमावली स्वीकृत भएसंगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको छ। जस अनुसार अब २ आर्थिक वर्ष कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आईपीओ निष्काशन गर्न पाउने छन्  ।

त्यस्तै प्रिमियममा आईपीओ निष्काशन गर्ने व्यवस्था पनि केही परिमार्जन गरिएको छ । पुँजीबजारमा रियल सेक्टरका कम्पनीहरूको सहभागिता बढाउने उदेश्यले त्यस्ता कम्पनीहरुलाई आईपीओ जारी गर्नको लागि केहि खुकुलो व्यवस्था समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *