सोनापुर सिमेन्टको आईपीओ आजदेखि

काठमाडौं ! सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले आज साउन २९ गतेदेखि पहिलो चरणको आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज साउन २९ गतेदेखि आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १२५ रुपैयाँ थप गरि प्रति कित्ता २२५ रुपैयाँमा शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १५ लाख ३७ हजार ५ सय २५ कित्ता शेयर निष्काशन गर्ने छ।  स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्।  स्थानीयले छिटोमा भदौ ११ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १० लाख ७६ हजार २ सय ६८ कित्ता शेयर निष्काशन गर्ने छ । विदेशमा रहेका नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.५८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गर्ने छ । यस समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख ७६ हजार २ सय ६८ कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद भदौ ११ गतेसम्म रहेको छ ।

कम्पनीले अन्य सर्वसाधारणलाई भन्दा स्थानीयलाई १२.५८ रुपैयाँ कम मूल्यमा शेयर निष्काशन गर्ने भएको हो ।

शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले साउन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा १ करोड २३ लाख २ सय कितात शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  कम्पनीले स्थानीय र कर्मचारीलाई प्रति कित्ता २२५ रुपैयाँमा र सर्वसाधारणलाई प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति पाएको हो  । कम्पनीले आसोज ४ गते शेयर निष्काशनको अनुंती माग गर्दै बोर्डमा आवेदन दिएको थियो। दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

सोनापुरले शेयर निष्काशनको अनुंती पाएसंगै नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट बजारमा सुचिकृत रहेको छ ।  घोराही सिमेन्टले शेयर निष्काशन गरि बाँडफाँड समेत सकेर शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।

सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।  सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न अनुमति मागेको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *