अपर लोहोरे हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं ! अपर लोहोरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले सोमबार साँझ ५ बजे बत्तीसपुतलीमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले  साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६८ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *