रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५४ सय कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।
कम्पनीले असार २७ देखि  साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  सो शेयर बाँडफाँड भईसकेको छ  । जसमा लगानीकर्ताले अधिकतम ६० कित्ता सम्म शेयर पाएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *