ललितपुर र मकवानपुरका स्थानीयले माण्डु हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! आयोजना प्रभावित स्थानीयले माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ देखि  आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीयको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिम्यम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो  । कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। यस निष्काशनमा ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ र २, मकवानपुर जिल्लाको भीमफेदी गाउपालिकाको वडा नम्बर ५,६, ७, र ८, तथा इन्द्र सरोबर गाउपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन्।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।   शेयर निष्काशनको प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *