प्रिमियम मूल्यमा आजदेखि खुल्यो रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ

काठमाडौं!  रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले प्रिमियम मूल्यमा मंगलबारदेखि आइपीओ खुला गरेको छ। कम्पनीले आज साउन २३ गते कार्यालय समयबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्रीखुला गरेको हो।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ। यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो।

यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ। त्यस्तै, ५% (६ लाख कित्ता सेयर) कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *