मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड

काठमाडौं ! मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो ।

योजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर आज बाँडफाँड भएको हो ।

कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ । सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसमा गोलाप्रथाबाट २० हजार जनाले १० कितात्को दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । शेयर नपरेका आवेदकले सर्वसाधारणलाई शेयर निष्काशन गर्दाको समयमा आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले  आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा ७ सय २२ जनाको आवेदन परेको छ । ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम शेयर पाएका छन् । यस हिसाबमा कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता शेयर बाँडफाँड भएको छ । स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सर्वसाधारणमा निष्काशन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *