सिटिजन्स लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १४ गते कार्यालय समयसम्म यसमा आवेदन दिन सक्नेछन्। इन्सुरेन्सले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसको १०% अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *