अपर लोहोरे हाइड्रोको आईपीओ साउन १८ देखि

काठमाडौं ! अपर लोहोरे हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलेसर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। स्थानीयले माग गरेजति शेयर पाएका छन् । उनीहरुले खरिद नगरेको शेयर पनि थपेर सर्वसाधारणलाई निष्काशन गर्न लागिएको हो ।

कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६८ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *