रिलायबल लाइफको १२ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ! रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणमा निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २७ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरेको हो ।
कम्पनीले १२ लाख कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको हो ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५४०० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले  अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको छ ।
 श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।   सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन हुने छ ।
नेपाल धितोपत्र बोर्डले आज असार १५ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *