मिड सोलु हाइड्रोको पहिलो चरणको आईपिओ साउन १४ देखि

काठमाडौं ! मिड सोलु हाइड्रोपावर  लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ७ लाख ४८ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ७४ हजार ८ सय ४० कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा साउन २८ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन २८ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण समपन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *