सन नेपाल लाइफको आईपिओ आजदेखि

काठमाडौं ! सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन १ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको छ । कम्पनीले साउन १ गतेदेखि साउन १५ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको हो  । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरिएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २४ करोड रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *