काठमाडौं ! आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शनिवार शेयर बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले आवेदन दिएकोमा ११ लाख ८८ हजार ९९६ योग्य आवेदक कायम भएका थिए । योग्य आवेदक मध्ये ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
आईएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २३ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो ।
आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।