रिलायबल नेपाल लाइफको १२ लाख कित्ता आईपिओ आजदेखि

काठमाडौं ! रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २७ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार २७ गतेदेखि १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो ।
कम्पनीले १२ लाख कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको हो । यस निष्काशनमा साउन १० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५४०० कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले  अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको छ ।
 श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।   सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन हुने छ ।
नेपाल धितोपत्र बोर्डले आज असार १५ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *