काठमाडौं ! भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।
कम्पनीले ५ लाख ७२ हजार ६५ कित्ता शेयर आयोजना प्रभावित कास्की जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। यस निष्काशनमा पोखरा महानगरपालिकाका वडाहरु १३, १४ , १६ र २७ का स्थानीयले आवेदन दिन सक्ने छन् । यी वडा हरु साविकको पोखरा उप महानगरको वडा १३,१४,१८ र २२ तथा साविकको लेखनाथ नगरपालिकाको वडाहरु २,३,४,५,,६ र ७ वटा हरु हुन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ८५ हजार ८ सय १० कित्ता शेयर निष्काशन गरिएको छ ।
कम्पनीले प्रिमियम मूल्य अर्थात् शेयरको अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको हो। स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
स्थानीयले छिटोमा साउन ७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ७ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
यस कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।