सिटिजन लाइफ इन्स्योरेन्सको आईपिओ असार ३१ देखि

काठमाडौं ! सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३१ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो  । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरिएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता शेयर छुट्याएको छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ६२ करोड ५० लाख रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७५ करोड पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *