अपर स्याङ्गे हाईड्रोको आईपिओ बाँडफाँड

काठमाडौं ! अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ४ सय ७६ जना आवेदकबाट कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको छ । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । २३९९ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ ।  जस अनुसार ५३ हजार ९ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणलाई असार १० देखि असार १३ गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ५ लाख ३९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *