अपर स्याङ्गे हाईड्रोको आईपिओ बाँडफाँड मिति तय

काठमाडौं ! अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई असार १० देखि असार १३ गतेसम्म  आईपिओ निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणलाई ५ लाख ३९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनी यस अघि नै आयोजाणा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *