थ्री स्टार हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौं ! थ्री स्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपिओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार कुल ६१ हजार ३ सय १६ जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी ६१ हजार ३ सय १४ जनाले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणलाई  ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर बिक्री खुला गरेको थियो  । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *