काठमाडौं ! थ्री स्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज असार १९ गते बिहान ९:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणलाई ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर बिक्री खुला गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।