काठमाडौं ! अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको हो।
कम्पनीले सर्वसाधारणलाई ५ लाख ३९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कितात र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनी यस अघि नै आयोजा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ ।