नेपाल रिपब्लिक मिडियाको आईपिओ नतिजा सार्वजनिक

काठमाडौं ! नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा शेयर बाँडफाँडगरेको हो। सर्वसाधारणलाई शेयर निष्काशन गर्ने पहिलो मिडिया कम्पनी बनेको रिपब्लिकले ५ तारे होटेलमा कार्यक्रम गरेर आईपिओ बाँडफाँड गरेको हो ।

उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपिओ बाँडफाँडमा सहभागी भएका छन्। उनी प्रमुख अतिथिको रुपमा आईपिओ बाँडफाँडमा सहभागी भएका हुन्  । उनले नै गोलाप्रथा गर्ने बल तानेका छन्  ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *