मनकामना इन्जिनियरिङ्गले पायो आईपिओ निष्काशन अनुमति

काठमाडौं ! मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ। कम्पनीले असार ५ गते नेपाल धितोपत्र बोर्डबाट शेयर निष्काशन गर्ने अनुमति पाएको हो  ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३५ प्रतिशतले हुन आउने २८ करोड बराबरको २८ लाख कित्ता शेयर सर्वसाधारण तथा आयोजना प्रभावितको लागि निष्काशन गर्ने भएको हो।  कम्पनीले शेयर निष्काशनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *