सर्वसाधारणका लागी अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं ! अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आज आइतबारदेखि सर्वसाधारणका लागी आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओ निष्काशन गरी बाडँफाँड गरेपश्चात सर्वसाधारणका लागी आइपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजीको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

यस्तै ६ लाख ५० हजारको २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम् १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

अप्पर स्याङ्गे हाइड्रोपावरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *