अपर लोहोरे हाइड्रोको आईपिओ आजदेखि

काठमाडौं ! अपर लोहोरे हाइड्रोपावर कम्पनीले आज असार ७ गतेदेखि आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरेको हो ।

कम्पनीले दैलेख जिल्लाका स्थानीयको लागि ५ लाख ९ हजार ८ सय कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये अति प्रभावित क्षेत्र दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ३ का स्थानीयलाई २ लाख ५४ हजार ९ सय २ कित्ता शेयर र नौमुले बाहेकका दैलेखका अन्य स्थानीयलाई २ लाख ५४ हजार ९ सय २ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि १ लाख ९८ हजार ८ सय २४ कित्ता  शेयर निष्काशन गरिएको छ ।

दुवै निष्काशनमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । स्थानीयको हकमा छिटोमा असार २१ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन सकिने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने असार २१ गतेसम्म मात्र आवेदन दिन सक्ने छन्।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *