थपियो घोराही सिमेन्टको आईपिओमा आवेदन दिने म्याद

काठमाडौं ! घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आईपिओमा आवेदन दिने म्याद थप गरेको छ।कम्पनीको आईपिओमा छिटोमा आज असार ४ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था थियो । तर कम्पनीले पर्याप्त आवेदन परेपनि आवेदनहरु  भेरिफाई हुने क्रम मै रहेकोले आवेदन दिने म्याद थप गरेको हो ।

यस संगै अब सर्वसाधारणले घोराहीको आईपिओमा असार १४ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अगावै यथोचित संख्यामा प्रमाणित आवेदन आएमा सो अगावै सार्वजनिक सूचना जारी गरेर बिक्रि बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपिओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको शेयर समेत जोडेर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेकोमा कुल ७७ हजार २ सय ९०  कित्ताको लागि मात्र आवेदन परेको थियो।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट  सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

यस सँगै घोराही सिमेन्ट आईपिओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ । हाल शिवम सिमेन्ट मात्र आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत छ । शिवमले सर्वसाधारणलाई प्रति कित्ता ३ सयमा आईपिओ निष्काशन गरेको थियो । घोराहीको मूल्य सो भन्दा बढी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *