असार १० देखि सर्वसाधारणलाई अपर स्याङ्गेको आईपिओ

काठमाडौं ! अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनी सर्वसाधारणलाई ५ लाख ३९ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा असार १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कितात र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनी यस अघि नै आयोजा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *