दोभान हाइड्रोले आईपिओ निष्काशन गर्दै

काठमाडौं ! दोभान हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक पुरञ्जन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पूँजी ७६ करोडको ३० प्रतिशतले हुन आउने रकम  बाईस करोड असि लाख  बराबरको रु.१००/- अंकित दरको २२ लाख ८० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कामदार / कर्मचारीलाई जारी गर्न लागेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ के.भी. तिङ्गला लमाने सव- स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *