नेप्सेमा सिटी होटेलको आईपिओ सुचिकृत

काठमाडौं ! नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटी होटेल लिमिटेडको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको CITY सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले सिटी होटेलको पहिलो कारोबारको लागि ८७.८३ रुपैयाँ देखि  २६३.४९ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो । १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन्।

कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौँमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *