काठमाडौं ! रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको छ । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक आवेदकले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० हजार कित्ताका सम्म आबेदन दिन सक्नेछन् ।
मेरोशेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।