स्थानीयले अपर स्याङ्गेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ! अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १ गतेदेखि स्थानीयलाई आईपिओ बिक्री खुला गरेको हो।

कम्पनीले जेठ १ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो । कम्पनीले २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ।  त्यस्तै कम्पनीले ६५ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेकोमा सो को भने बिक्री बन्द भईसकेको छ।

आयोजना  प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *