थ्रीस्टार हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ! थ्रीस्टार हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले बैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरका ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाका लागि छुट्याएर निष्काशन गरिएको आईपीओमा खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुइचुम्मा गाउँपालिका १ देखि ७ सम्म (साविकको याम्खा, डाडागाँउ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयले आवेदन दिन पाउनेछन् ।

न्यूनतम १० देखि अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *