रावा इनर्जीले जेठ १८ बाट आइपीओ निष्काशन गर्दै

काठमाडौं ! रावा इनर्जीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गरिसकेको छ । कुल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।

आइपीओमा आबेदन दिन ईच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

इच्छुक आबेदकले  न्यूनतम १० कित्ता शेयरका  लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० हजार कित्ताका सम्म आबेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा पुरा बिक्री नभएमा आबेदन दिने समय जेठ ३२ गतेसम्म रहने छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *